हैदराबादको लगातार दोस्रो जित, कोलकाता घरेलु मैदानमै पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

शुक्रबार राति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता २३ रनले पराजित भएको हो ।

हैदरावादको यो सिजनको दोस्रो जित हो । जीतसँगै टोली अंक तालिकाको सातौँ स्थानमा छ ।

कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएको थियो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाएका छन् । उनले ५५ बलमा शतक पूरा गरेका थिए । यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे। ब्रुकले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । मार्कराम आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए ।

हैदरावादका ह्यारी ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए । हैदरबादका लागि मार्को जानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक–एक विकेट लिए ।

चौथो खेलमा दोस्रो हार व्यहोरेको कोलकत्ता ४ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?