हिमालयको कुनमिङ-काठमाडौं चार्टर्ड उडान सेवा

Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ । हिमालय एयरलाइन्सको एच ९ ७८५ एयरबस ए ३२०-२१४ ले पहिलो चार्टर्ड उडानमार्फत् एक सय ८० चिनियाँ पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । कुनमिङदेखि काठमाडौंसम्मको आगामी चार्टर्ड उडानमार्फत् थप सात सय यात्रुलाई स्वागत गर्ने अपेक्षा गरेको छ ।

कोरोना महामारीसँगै तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले हिमालय एयरलाइन्सले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरेको हो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चार्टर्ड उडान सफल बनाउन सहयोग गरेकोमा चीन र नेपाल सरकारका पदाधिकारीलाई धन्यवाद दिँदै दुई देशबीचको दांैत्य सम्बन्ध थप मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम भन्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘यी दुर्ई महत्वपूर्ण छिमेकी देशबीच यात्रुको आवागमन सहज बनाउन पाएकोमा हामी गौरवान्वित छौँ र आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएका छौँ । नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एयरलाइन्सले राष्ट्रका लागि सदैव एक कदम अघि बढ्ने जमर्को गरेको छ । हामी हाम्रा यात्रुका लागि सदैव उच्च सेवा प्रदान गर्न र हाम्रा यात्रुको हवाईयात्रा अविस्मरणीय बनाउन प्रतिबद्ध छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?