गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

अहमदाबादमा आइतबार राति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो । राजस्थानका लागि कप्तान सन्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय ईनिङ खेले ।

कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए ।

हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन बनाए । यसै खेलमा आईपीएल डेब्यु गरेका अफगानिस्तानका स्पिनर नुर अहमदलाई छक्का हान्दै हिटमायरले खेल सकाएका थिए ।

देवदत्त पडीकलले २५ बलमा २६ रन बनाउँदा ध्रुव जुरेल १० बलमा १७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले ३० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको बनाए । ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।

अभिनव मनोहरले १३ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २८ तथा साई सुदर्शन २० रनमा आउट भए ।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो ।

पाँचौ खेलमा चौथो जित हात पारेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ । पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।

भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?