महिलालाई हेभी इक्विपमेन्ट अपरेटर तालिम

Read Time = 2 mins

काठमाडौं । आइएमई अटोमोटिभ एस्कर्टसले महिलाका लागि निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर, ब्याक लोडर तालिम आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार तालिम कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष ढकालले महासंघको अध्यक्षका रूपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको भन्दै जनशक्ति दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्ति अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले सवारी चालक भन्नेबित्तिकै पुरुष बुझ्ने गर्छौं तर समय बदलिएसँगै हेभी इक्विपमेन्ट अपरेटरमा समेत महिलाले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपार्इंहरूले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपूर प्रयास गर्नुहोला । यसले सीप सिकेर रोजगारीमात्र होइन, महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ ।’ तालिममा १५ जना महिला सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?