मनकामना केबलकार बन्द रहने

Read Time = 1 min

काठमाडौं । वैशाख १० गते मनकामना केबलकार सेवा बन्द रहने भएको छ । चितवन २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशीलता बढ्ने भएकाले मतदानका दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । मनकामना केबलकारको बटमस्टेसन चितवनको कुरिनटार क्षेत्र २ मा पर्छ । तथापि वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?