सिंगापुरमाथि युएईको फराकिलो जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सि‌ंगापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिंगापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै युएईले चार अंक जोडेको छ ।

युएईले दिएको ४७२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २७० रनमा समेटियो । सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिनुभयो । त्यस्तै, थिलिप उमीदुराईले ५२ रन जोड्नुभयो भने सुरेन्द्र, चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाउनुभयो । युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रनको योगफल बनाएको थियो । युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक १७४ रनको योगदान दिनुभयो । १३३ बल खेल्नुभएका उहाँले १७ चौका र सात छक्काको मद्दतमा १७४ रन जोड्नुभएको हो ।

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले १६० रन जोड्नुभयो । उहाँले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा १६० रन बनाउनुभयो । आयन अफजल खानले ७४ रन बनाउनुभयो । उहाँले ५० बलमा नौ चौका र तीन छक्कासहित ७४ रन बनाउनुभएको हो ।

यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट हुनुभयो । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट हुनुभयो । बलिङतर्फ सिंगापुरका आदित्य भार्गवले चार विकेट लिनुभयो भने रमेश कलिमुथुले तीन विकेट हात पार्नुभयो । त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रित सिंहले एक विकेट लिनुभयो ।

प्रतियोगिताअन्तर्गत नेपालले सोमबार (आज) मूलपानी क्रिकेट मैदानमा साउदी अरेबियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?