कर्णालीको पर्यटन प्रवर्द्धनका लागि जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन सोमबार सुरु भएको छ ।

जुम्लाको चन्दननाथ मन्दिरदेखि मुगुको रारा ताल सम्मको ४९ किलोमिटर दूरीको अल्ट्रा म्याराथन सुरु भएको भएको हो ।

हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा पारेर जुम्ला–रारा अल्ट्रा म्याराथनल आयोजना गर्दै आएको कर्णाली स्पोर्ट क्लब जुम्लामा अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

शून्य प्वाइन्ट खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम विन्दु तोकिएको छ । कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीका अनुसार म्याराथनमा विभिन्न विधामा गरेर २८ खेलाडीलाई पुरस्कृत गरिने भएको छ । म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा चौथो र पाँचौँलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

म्याराथनको उद्घाटन गर्न जुम्ला पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नेका लागि प्रदेश सरकारले यहाँका पर्यटकीय स्थानको पहिचान गरि आवश्यक सहयोग गर्ने प्रदेश सरकारले बजेटको अभाव हुन नदिने मुख्यमन्त्री शर्माले बताउनुभयो ।

कर्णाली पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश भएकाले संघीय सरकारसंग सहकार्य समन्वयको माध्यमबाट काम गरिने मुख्यमन्त्री शर्माको भनाइ छ । जुम्लामा यसअघि तीनवटा म्याराथनका प्रतियोगिता भइसकेका छन् । हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा विभिन्न देशका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिका लगायतका देशबाट खेलाड सहभागी हुन गरेका थिए । यो वर्ष नेपालका १९ जिल्लाका सहित अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएकाछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?