न्यौपानेको ‘मेरी स्वास्नी पोइला गई’ सार्वजनिक (भिडिओसहित)

Read Time = 2 mins

काठमाडौं । लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।

उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यो गीत स्पोटिफाई, युट्युब म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध छ ।

न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडिओ निर्देशक पनि हुन् । उनी नेपाल बैंक, ग्लोबल आइएमई बैंक, जीवन विकास समाज जस्ता कम्पनीका रेडियो र अडियो जिंगलहरूमा आफ्नो बोल्ड आवाजका लागि परिचित छन् ।

‘मेरी स्वास्नी पोइला गई’ भिडियो गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन् ।

गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीको एरेन्ज छ ।

न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको  गीत रमाइलो र मनोरञ्जनात्मक छ। सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ ।

कुमार न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत नेपाली दर्शकमाझ अझै लोकप्रिय छन् ।

आफ्नो पछिल्लो रिलिज संग, उहाँले एक पटक फेरि आफ्नो बहुमुखी प्रतिभा र रचनात्मकता प्रमाणित गरेको छ । 'मेरी स्वास्नी पोइल गई' हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्न लायकको गीत हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?