आजका प्रमुख समाचार एकै ठाउँमा एक क्लिकमा पढ्नुहोस्

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएई बिरुद्ध नेपालले सानदार जीत निकालेको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउदै नेपालले जीत निकालेको हो ।

थप : नेपालको सानदार जीत

यो पनि पढ्नुहोस् : एसीसी प्रिमियम कपः सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित

यो पनि पढ्नुहोस् : दुई महिना यता उत्कृष्ट लयमा नेपाली क्रिकेट टोली, लगातार १० खेलमा जित हासिल

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताउनुभयो ।

थप : राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताउनुभयो ।

वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उहाँको भनाइ थियो ।

थप सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँः मन्त्री शर्मा 

उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सिंहदरवारस्थित एक कार्यक्रमका बिचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।

थप : उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

यही सरकार रहिरहे अबको डेढ वर्षमा मुलुक टाट पल्टिनबाट कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताउनु भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत औंल्याउनु भयो ।

थप : यही सरकार रहिरहे अबको डेढ वर्षमा मुलुक टाट पल्टिनबाट कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

रवि लामिछानेका गाडी चालक थापाको निधन

चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ ।

उनी वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका थिए ।

थप : रवि लामिछानेका गाडी चालक थापाको निधन

आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो – डा‍. आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा‍. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहनुभएकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताउनु भएको हो ।

थप : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : डा‍. आरजु राणा

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने निर्णय गरेको हो ।

थप मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?