बेपत्ता युवक पाँच दिनपछि मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

रामपुर (पाल्पा) । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।

रामपुर नगरपालिका-४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर-४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिनुभयो ।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर-५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन् । शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए । शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?