काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापनमा एकद्वार प्रणाली लागू गर्ने व्यवस्था सच्याउन माग गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै एकद्वारका नाममा विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको हो । उक्त व्यवस्था नसच्याए विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने संघले चेतावनी दिएको छ । ‘समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य छैन,’ संघका अध्यक्ष सोमप्रसाद धितालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार सबैको अभिभावक भएकाले एकपक्षीय ढंगबाट अघि बढ्न मिल्दैन । यो निर्णय तत्काल फिर्ता लिई नेपाल विज्ञापन संघ (आन) सँग समन्वय गरी अघि बढ्न सरकारसँग आग्रह गर्दछौँ । अन्यथा विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी गराउन चाहन्छौँ ।’
सरकारले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने तयारी गरिरहेको छ । केही दिनअघि सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माले सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताउनुभएको थियो ।
तर, आनले भने सरोकारवालाहरूसँग छलफल नै नगरी केही सीमित स्वार्थ समूहको दबाबमा एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध जनाएको हो । सरकारको यस्तो कदमबाट विज्ञापन बजारमा पर्ने दूरगामी असरको जिम्मेवार सरकार स्वयं हुनुपर्ने पर्ने संघले चेतावनी दिएको छ ।
कुनै एक पक्षलाई लक्षित गरी सिंगो विज्ञापन उद्योगलाई धराशायी तुल्याउन खोज्नु कुनै पनि हालतमा सकारात्मक हुन नसक्ने संघको ठहर छ । विज्ञापन संघ विज्ञापन क्षेत्रमा विद्यमान विसंगति/विकृतिविरुद्ध सरकारसँग हातेमालो गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार सबैको अभिभावक भएकाले यो निर्णय तत्काल फिर्ता लिई संघसँग समन्वय गरी अघि बढ्न संघले सरकारसँग आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच