बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रः अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरेपनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने बताउनु भयो । उहाँले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहीरहनु उचित नरहेको जिकिर गर्नुभयो । उहाँले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज अघि भर्खर अर्थमन्त्रीजीले बजेटका सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्नुभयो । कर्मकाण्डी मात्रै छ । श्राद्धमा एउटा बिरालो छि¥यो, बाँकी केही पनि छैन । चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गर्नुभएको थियो । केले व्यवधान पु¥यायो ? नेपाली जनतालाई जवाफ दिनुपर्दैन ? ८ प्रतिशत के देखेर राख्नुभएको थियो, आँकलन कसरी राख्नुभयो । अहिले १.८ प्रतिशत लगभगको अवस्थामा रहनु, के कारणले ? को जिम्मेवार ? फेरि गठबन्धन भनेर, देशलाई ध्वस्त बनाएर सरकारमा बसिरहन उहाँहरुलाई अफ्ठ्यारो लाग्नुपर्दैन ? जसरी पनि सरकारमा बस्ने की देशलाई केही दिनका लागि सरकारमा बस्ने ? ८ प्रतिशत भनेको ठाउँमा २ भन्दा कम हुन्छ ? २५ प्रतिशत पनि आँकलन पुग्दैन ? उपलब्धि हाँसिल हुँदैन भने उहाँहरुको आयव्ययको अनुमानलाई कसरी विश्वास गर्ने ? उहाँहरुले राजश्व जे उठ्छ भन्नुभएको थियो, त्यसको आधा पनि उठ्दैन, कसरी विश्वास गर्नु । यही सरकार रहेर त जति गरेपनि त्यही हो । गाउँघरतिर भन्छन् नि बोकाले दाइँ हुनेभए गोरु किन चाहियो ? दाइँ गर्ने हो भने घुम्ने चिज जे हो त्यो परिवर्तन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने पनि दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?