थप १० जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्ला २४ घन्टामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् ।

जसअनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?