महिला एचएचसिए र भ्याली पब्लिक सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एचएचसिए र भ्याली पब्लिक छैटौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एचएचसिएले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६-१२ ले पराजित गर्‍यो । एचएचसिएकी पेमा लामाले सात अंकको योगदान गर्नुभयो । अनिता गुरुङको नौ अंकको सहयोगमा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २६-१५ ले हरायो ।

सिनियर गल्र्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १६-१३ तथा फेरिल्याण्डले नेपाल मोडेललाई १५-१० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । पृथ्वीकी बबिता घिमिरेले ८ तथा फेरिल्याण्डकी कृपा न्यौपानेले ६ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा बिएनएले सिद्धार्थ मोडेललाई १९-१५, एन्जल्स हार्टले फेरिल्याण्डलाई १५-१२, गोल्डेन पिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८-१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १७-११ ले पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरे । बिएनएका सुशान्त मगरले नौ, एन्जल्स हार्टका रूपेश पौडेलले सात, गोल्डेन पिकका अमन गुरुङले नौ र स्किब्सका सोहन ठकुरीले आठ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजको थ्री बाई थ्रीमा ग्रिनल्याण्डले गोल्डेन पिकलाई २१-१३, भ्याली पब्लिकले ओडिसीलाई ९-६, एचएचसिएले पृथ्वीलाई ११-७ र इबिएले बिएनएलाई ११-८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?