‘हुक्का’को ‘जाउ न आउ’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । जेठ १२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ । गीतमा चलचित्रका केही संवादसहितका दृश्य राखिएको छ । गीतमा चलचित्रकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरू रमाइरहँदा प्रमिलालाई भने भावुक रूपमा देखाइएको छ ।

शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । अभिनेत्री प्रमिलाले चलचित्रले लोकल चामलको स्वाद दिने बताउनुभयो । अर्का अभिनेता तेज चलचित्रमा आफ्नो चरित्र कथामा ट्विष्ट ल्याउने खालको रहेको बताउनुहुन्छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?