जुम्लामा श्रीमती हत्या घटनाका आरोपित पक्राउ

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा श्रीमती हत्या आरोपित कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडाका ३० वर्षीय रतन पछाईलाई प्रहरीले  पक्राउ गरेको छ ।

२० वर्षीया पानसरा भन्ने दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका – ६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको हो । रतनकी पत्नी रावत गत वैशाख १९ गते हराएकी हुन् । लामो समयदेखि हराएकी रावतको शव ११ दिनपछि जेठ २ गते तिला नदीमा भेटिएको थियो ।

तिला गाउँपालिका–२ लर्मीगाउँमा माइती भएकी दानसराको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्त जिल्ला प्रहरी कार्यालय जुम्लामा किटानी जाहेरी दिएका हुन् । मृतकका पति रतिमानले यसअघि उनको हुलिया बताउने क्रममा प्रहरीलाई दिएको निवेदनमा नाम पानसरा बताएका थिए । मृतक रावतको आधिकारिक र सबैले चिन्ने नाम दानसरा नै रहेको माइती पक्षका मुनबहादुर रावतले बताउनुभयो ।

तर मृतकका पति रतिमानले गलत नाम दिएकाले पनि हत्या गरिएको शंका उब्जिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर धर्मराज जोशीका अनुसार मृतककको शव चेकजाँच प्रकृति मुचुल्का गरी घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ ।

मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टमपछि सासु आमा चैती पछाईलाई बुझाएको छ । आरोपित रतनलाई गिरफ्तारपछि जिल्ला अदालत जुम्लाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?