थ्रीस्टारमाथि पुलिसको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई एक-शून्य गोल अन्तरले हराएको हो । पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गर्नुभयो ।

हिजाजीले खेलको २८औँ मिनेटमा गरेको गोल मद्दतमा पुलिस विजयी भयो । पुलिसको यो सातौँ जित हो । पुलिस २० खेलमा २५ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ । थ्रीस्टार २० खेलमा २६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई एक-शून्य गोल अन्तरले हराएको छ । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गर्नुभयो । मेसुकेले खेलको ३७औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

खुमलटारको यो छैटौँ जित हो । खुमलटारले २० खेलमा २१ अंक जोडेको छ । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?