अस्कर पछिको ठूलो सिनेमा अवार्ड बाफ्टाको मिति घोषणा

Read Time = 2 mins

लण्डन । विश्वभर ओस्कार पछि बाफ्टा अवार्डलाई प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड जित्नु जोकोही अभिनेता अभिनेत्रीको सपना नै हुन्छ ।

ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) ले सन् २०२४ को लागि मिति घोषणा गरेको छ । जस अनुसार यो अवार्ड आगामी सन् २०२४ को फेब्रुअरी १८ मा हुनेछ । अवार्डको घोषणा आगामी वर्षको ओस्कार अगाडि नै गरिनेछ ।

सन् २०२४ को ९६ औं ओस्कार मार्च १० मा हुनेछ । यो अवस्थामा बाफ्टाको घोषणा आगामी वर्षको १५ देखि २५ फेब्रुअरीसम्म चल्ने बर्लिन फिल्म फेस्टिभलमा हुनेछ ।

पहिलो बाफ्टा अवार्ड ७० वर्ष पहिले २९ मे १९४९ मा भएको थियो । यसमा सन् १९४७ र १९४८ को पुरस्कार फिल्म जगतका कलाकारलाई दिइएको थियो । सुरुवाती समयमा यो अवार्ड अप्रिल या मेमा हुने गथ्र्यो । तर सन् २००२१ देखि यसलाई फेब्रुअरीमा गर्न थालियो ।

पहिला यो अवार्ड लण्डनमा लीसेस्टर स्क्वायरस्थित फ्लैगशिप ओडियन सिनेमामा आयोजना गरिएको थियो । सन् २००८ देखि यसलाई लण्डनस्थित रोयल ओपेरा हाउसमा दिन दिन थालियो । तर सन् २०१७ देखि भने यसलाई लण्डनको रोयल अल्बर्ट हलमा सारियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?