इलाम । यू-२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौंडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौंडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेका हुन् ।
विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता टोलीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेतालाई माई नगरप्रमुख खम्बसिं लिम्बू, नेपाल रग्वी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौंडाकी पुष्पा खड्का घोषित हुनुभयो । उहाँहरूले जनही पाँच हजार प्राप्त गर्नुभयो । उदीयमान खेलाडी कटारीका नवीन दर्लामी र विदिशा राई घोषित हुनुभयो । उहाँहरूले जनही दुई हजार पाँच सय प्राप्त गर्नुभयो ।
नेपाल रग्वी संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेश रग्वी संघ, जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेश प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौंडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्वी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यू-२० एसिया रग्वी सेभेन्स प्रतियोगिताका लागि नेपाली टिम छनोट हुनेछ । समापन समारोह नेपाल रग्वी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षता र प्रदेश खेलकुद विकास समितिका सदस्य–सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच