एभरेस्ट बेस क्याम्पमा तबला बजाएर कीर्तिमान

Read Time = 1 min

काठमाडौं । एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम् चौधरीले कीर्तिमान बनाउनुभएको हो ।

गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम् आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुग्नुभएको थियो । सानैदेखि तबला बजाउने शिवम् एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा पनि तबला बोकेरै जानुभएको थियो ।

शिवम्का बुबा रोहित चौधरी उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताउनुहुन्छ । कक्षा तीनमा अध्ययनरत आठ वर्षीय अर्जुन पनि बाबुआमासँग एभरेस्ट बेस क्याम्पमा पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?