सन्देशमूलक ‘नेपाली हाम्रो जात’

Read Time = 3 mins

काठमाडौं । सन्देशमूलक गीतसंगीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएका स्रष्टा डि.आर सुजनले नयाँ म्युजिकल चलचित्र (गीत) ‘नेपाली हाम्रो जात’ ल्याउनुभएको छ । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उहाँले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गर्नुभएको छ । ‘गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यहीँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्’, सुजनले भन्नुभयो, ‘यसमा मैले जातीयभन्दा पनि वर्गीय विभेद विद्यमान छ भन्ने सन्देश दिएको छु ।’

उहाँले सार्वजनिक गरेकोे म्युजिकल चलचित्रमा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको उहाँको भनाइ छ । ‘हामी जुनसुकै जात भएपनि नेपाली हौं । गीतमा मैले यहीँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नु हुँदैन भन्ने हाम्रो आशय हो’, उहाँले भन्नुभयो ।

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वको स्वर छ । सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, ताराबहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप छ । सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?