अख्तियारले सोध्यो गाउँपालिकालाई स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराले बुधबार सामाजिक सुरक्षा भत्तालाई लिएर तनहुँको देवघाट गाउँपालिकालाई स्पष्टीकरण सोधेको छ । मृत्यु भइसकेका व्यक्तिहरूको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको उजुरी परेपछि अख्तियारले स्पष्टीकरणसहितको प्रमाणित कागजपत्र पठाउन गाउँपालिकालाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा भत्ता दिँदा गाउँपालिकाले मृत्यु भइसकेका बैंक खातामा २४ हजार ४०० रुपैयाँ पठाएर राज्यकोषलाई हानि नोक्सानी गरेको उजुरीमा उल्लेख छ । ‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो ? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरूको प्रतिलिपि पठाइदिनु हुन अनुरोध छ’, अख्तियारले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?