खनाललाई अन्तर स्कुल हेन्डराइटिङ प्रतियोगिताको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा सम्पन्न अन्तर विद्यालयस्तरीय हेन्डराइटिङ प्रतियोगिताको उपाधि नोबल एकेडेमी बानेश्वरमा अध्ययनरत छात्र आरोस खनालले जित्नुभएको छ । आपसी शैक्षिक गतिविधि फोरमले मेगा स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । अन्तर विद्यालय हेन्डराइटिङ प्रतियोगितमा २० वटा विद्यालयलाई पछि पार्दै नोबल एकेडेमी कक्षा-५ मा अध्ययनरत छात्र खनाल प्रथम हुनुभएको हो ।

प्रतियोगितामा ज्ञान निकेतन, बेबिलोन, विद्यामन्दिर, मेगा स्कुल, इलिजर, पिस स्कुल, पिक प्वाइन्ट, विस्किटलगायत २० वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए । आइतबार नोबल एकेडेमीमा आयोजित एक कार्यक्रममा एकेडेमीका प्रधानाध्यापक रविन दाहालले हेन्डराइटिङ आफैंमा शैक्षिक कला भएको बताउनुभयो । उहाँले यस वर्षको उपाधि हात पार्न नोबल एकेडेमी सफल भएको र आगामी दिनमा अझ सशक्त भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

शैक्षिक प्रगतिका लागि सुन्दर अक्षर आवश्यक छ, उहाँको भनाइ थियो । कार्यक्रममा सबै विद्यालयलाई पछि पार्दे नोबल एकेडेमीको गौरव बढाएको भन्दै छात्र आरोस खनाललाई प्रमाणपत्र, ट्रफीसहित खादा ओढाएर सम्मानित गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?