सिद्धार्थलाई दोहोरो स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्नुभएको छ । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राईले जनाउनुभएको छ ।

जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकबेल्ट स्पर्धामा जित्नुभयो । जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्याण्डका लिएस रिमरले कांस्य जित्नुभयो ।

सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जित्नुभयो । अस्ट्रियाका जान मुग दोस्रो तथा जर्मनीका मालिबु तेस्रो हुनुभयो । पेशाले कानुन व्यवसायीसमेत रहनुभएका सिद्धार्थ नेपाल उमा कुङ्फु संघका अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

उहाँ अस्ट्रियामा मुख्यालय रहेको वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुनुहुन्छ । नेपाल उमा कुङ्फु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुनुहुन्छ ।

प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी नौ राष्ट्रका करिब एक हजार १०० खेलाडीको सहभागिता रहेको उमा कुङ्फु संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?