प्रतिष्ठानद्वारा गायक प्रकाश सपूतमाथि भएको घटनाको निन्दा

Read Time = 3 mins

काठमाडौं । गायक प्रकाश सपूतमाथि भएको घटनाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निन्दा गरेको छ । बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाली समयानुसार आइतबार राति रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहनुभएका गायक प्रकाशमाथि दर्शकले क्यान बोतल प्रहार गरेका थिए । दोहोरीगीत प्रतिष्ठानले उक्त घटना अन्त्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको जनाएको छ । यस प्रकारको घटनाले कलाकारको मनोबल गिर्नुका साथै सम्पूर्ण नेपाली कलाकारको मन दुखेको समेत प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दोहोरी गीत प्रतिष्ठानका सचिव रहनुभएका प्रकाशमाथि भएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको मागसमेत प्रतिष्ठानले गरेको छ । ‘बोल माया’ गीत गाइरहँदा दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सिधैं प्रकाशको अनुहारमा लागेको थियो ।

प्रहरीले बोतल प्रहार गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरेको उक्त फेस्टिभलका आयोजक नरेश गिरी जानकारी गराउनुभयो । बियरको बोतलले प्रकाशलाई लागे पनि उहाँ सकुशल रहेको नरेशले बताउनुभयो । नरेशका अनुसार केही समय कार्यक्रम बिथोलिए कार्यक्रम पुनः सुरु भएको थियो । कुनै पूर्वाग्रह वा रिसिबीले प्रकाशमाथि बोतल प्रहार भएजस्तो नलागेको र बियर पिएर मात्तिएकाले होस गुमाएर प्रहार गरेको हुनसक्ने नरेश बताउनुहुन्छ । रोमानिया पुलिसले नियन्त्रणमा लिएका ती व्यक्ति को हुन् भन्ने पहिचान खुल्न बाँकी रहेको नरेशको भनाइ छ । गायक प्रकाश आज मंगलबार नेपाल आउँदै हुनुहुन्छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार नै प्रकाश आज उहाँ स्वदेश आउन लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?