सेयर बजार ३५.३७ अंकले घट्याे

Read Time = 1 min

काठमाडौं। बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर, बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८११ रुपैयाँको कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

बजार खुल्ने वित्तिकै नेप्से २२ सय विन्दु माथि गएको थियो । त्यसपछि भने बजारमा नाफा बुक गर्नेहरु हावी भए, फलस्वरुपः बजार पुनः घटेर २२ सय विन्दुभन्दा तल आएको हो ।

यस दिन २८० कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । ८३ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्स्याेरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?