हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने

Read Time = 2 mins

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५५ हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः०।७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?