साफको उपाधिका लागि भारत र कुवेत भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भारत र कुवेतले साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने भएका छन् । लेवनानलाई टाइब्रेकरमा चार-दुईले हराउँदै भारत उपाधि नजिक पुगेको हो । यसअघि बंगलादेशलाई एक-शून्यले हराउँदै कुवेत फाइनलमा पुगेको थियो । भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ ।

बैंग्लोरको कान्तिरभा रंगशालामा निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए । समूह चरणको अन्तिम खेल एक-एकको बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रूपमा सेमिफाइनल पुगेका थिए ।

समूह चरणमा भारत र कुवेत दुवैले नेपाल र पाकिस्तानलाई हराएका थिए । साफको १४औँ संस्करणमा आइपुग्दा भारत नवौँपटक उपाधि जित्ने प्रयासमा हुनेछ । दक्षिण एसियाबाहिरका कुवेत र लेबनानले पहिलोपटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन् । भारतले सन् २००३ बाहेक सबै संस्करणको फाइनल खेल्दै आएको छ ।

सेमिफाइनलमा बंगलादेशलाई एक-शून्यले हराउँदै कुवेत फाइनलमा पुगेको हो । कुवेतका लागि अब्दुल्ला अल्ब्लोसीले निर्णायक गोल गर्नुभएको हो । समूह ‘ए’बाट कुवेत समूह विजेता र भारत उपविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?