लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल र सरकारबीच सहमती, मुख्यमन्त्री चौधरीले सदनमा सम्बोधन गर्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।

मंगलबार राति भएको वार्तामा विपक्षीदलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखी सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ ।

प्रदेश सभा सचिव दुर्लल कुमार पुनमगरले अनिश्चितकालका लागि मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?