चीजकुमारको ‘यात्रा आफैं भित्र’ विमोचन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीजकुमार श्रेष्ठको पुस्तक ‘यात्रा आफैंभित्र’ विमोचन भएको छ । नेपाल पर्यटन बोर्ड मा एक कार्यक्रम गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मासँगै अन्य अतिथिको हातबाट पुस्तक विमोचन गरिएको थियो । पुस्तकको साथमा उहाँका दुई राष्ट्रिय गीत ‘राष्ट्र देवो भवः’ र ‘वीर गोर्खली अमर छ’समेत लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथि शर्माले चीजकुमारलाई कांग्रेस नेता तथा साहित्यकार बीपी कोइरालासँग तुलना गर्नुभएको थियो । कोइरालाका अनुयायी श्रेष्ठले राजनीतिसँगै साहित्यमा कदम चालेकोमा उहाँले प्रशंसा गर्नुभयो । व्यक्तिको चर्चा गर्दा बीपी नेताभन्दा साहित्यकार बढी लाग्ने भन्दै चीज पनि नेता साहित्यकारसँगै अझ बडी पारिवारिक व्यक्तित्व भएको चर्चा गर्नुभयो ।

साहित्यकार नवराज लम्सालले चीजकुमारसँग जोडिएको उहाँको व्यक्तिगत जीवनको तितोपनाको चर्चा गर्नुभयो । पटक-पटक रेडियो नेपालमा नाम निकाल्दा पनि अन्तर्वार्तामा फालिनुको पीडा माथी चीजकुमारको व्यक्ति भएर २२ वर्ष पछिसमेत ‘त्यो चीजको मान्छे हो, उसलाई नदिनु’ भनेर एक संस्थाको उम्मेदवारी नै फिर्ता गर्नुपरेको अवस्था सम्झिनुभयो । यो यादसँगै उनले चीज स्वयंले राजनीतिमा कति दुःख भोग्नु प¥यो, विभेद भोग्नु पर्‍यो भन्दै अनुमान लगाउन आग्रह गर्नुभयो ।

अन्य वक्ताले पनि श्रेष्ठससँगको राजनीतिक यात्रा र पुराना स्मृति सम्झिएका थिए । श्रेष्ठले ‘यात्रा’ सिनेमा समेत निर्माण गर्नुभएको छ ।। लामो राजनीतिक यात्रासँगै उहाँले यसअघि नै राष्ट्रिय गीत, ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?