लालबहादुर भुजेल
झण्डै २१० वर्षअगाडि अर्थात् विसं १८७१ मा तनहुँ जिल्लाको चुँदी- रम्घामा जन्मेर १९२५ सालसम्म छोटो आयु बाँचेका भानुभक्त आचार्यलाई सालबसाली रूपमा सम्झिने दिन हो असार २९ गते । तत्कालीन अवस्थामा, हुनेखाने, सम्पन्न, कुलीन परिवारमा यिनी जन्मे । तर, समाज र अड्डाअदालतमा वर्तमान अवस्थामाझैँ, अन्याय, अत्याचार, शोषण, उत्पीडन, असमानता, लैंगिक विभेद, ढिलासुस्ती, घूस-रीसवत् आदि त्यस बेला पनि व्याप्त थियो । शैक्षिक विकास र विस्तार नभएको कारणले उनले घरमा स्वाध्ययन अर्थात् अनौपचारिक शिक्षा ग्रहण गर्नुपरेको थियो ।
अनेकौं प्रतिकूलताको बाबजुद पनि, नेपाली भाषा-साहित्यको प्रवद्र्धन एवं सरल सहजीकरणको कारणले स्वदेश र विदेशी नेपालीजनको मनमुटुमा बास बस्न उनी सफल भए । तर, कतिपय कवि, लेखकको दृष्टिमा लैंगिक विभेदका कारणले भानुभक्त आरोपित छन् र कतिपय अभियोग लगाइए पनि उनलाई आक्षेपमुक्त गराउन चाहने प्रवृत्ति पनि पाइन्छ । अंग्रेजी भाषाका प्रथम पुरुष अर्थात् आदि कवि, ‘चाउसर’ हुन् भने हिन्दी भाषाका ‘तुलसीदास’ हुन् । त्यस्तै, नेपाली भाषाका आदिकविको रूपमा भानुभक्त आचार्यलाई मानिन्छ ।
भानुभक्तीय रचनालाई देहाय अनुसार मनन् गर्न सकिन्छ :
एकीकरणको सिलसिलामा पराक्रमी बहादुर शाहको अगुवाईमा वीर गोरखालीले आर्जेको ‘ग्रेटर नेपाल’ लाई सुगौली सन्धि (विसं.१८७१-२०७२) ले गुमनाम पारिएको थियो । यही तिथिमितिको हाराहारिमा, पश्चिम ३ नं. तनहुँमा जन्मेका थिए भानुभक्त आचार्य ।
भाषा श्लोक भनु ता अवश्य अरू ता बुझ्दैन कोई पनि
संस्कृत हुन भनु ता छ शास्त्रीहरू ता धेर छन् असुध्दा भनी
भन्छन् आज ठिमाहाका गणितमा तिम्रा विशेष ई गया
भाषा श्लोक बनाई राख तिमी नाक बुद्धी र बर्गत भया
भाषा, जुनसुकै भाषा-भाषीले आ-आफ्नो मनको कुरा व्यक्त गर्ने प्रमुख र सशक्त माध्यम हो । विश्वमा लेखिने-बोलिने विविध भाषा छन् र प्रत्येकका आ-आफ्नै विशेषता छन् । सत्रौं शताब्दीताका नेपालका बाईसी–चौबीसी राज्यलाई एक सूत्रमा बाँध्ने सुरमा नेपालका तत्कालीन साशकहरू रहेको पाइन्छ । नेपाल ससाना ग्रामीण भूभागमा विभाजन भएको थियो । त्यस बेला नेपालका खुद्रे बाइसी-चौबीसी राज्यहरूलाई एक सूत्रमा बाँध्ने सुरमा तत्कालीन शासकहरू थिए भने हातहतियारले सुसज्जित साम्राज्यवादी अंग्रेजहरू विस्तारवादमा तल्लीन थिए । विश्वमानचित्रमा नेपाल, तिलको गेडा जत्रो भए पनि, यो मुलुक बहुभाषी, बहुजाति, बहुधर्मी, बहुसंस्कृति, भेषभूषा र बहुसंस्कारयुक्त समूहमा पर्दछ । त्यसबेला, विश्व आधुनिक राष्ट्रियताको विकासको प्रारम्भिक कालको संघारमा थियो ।
संस्कृतबाट हिन्दी भाषा हुँदै, लययुक्त, कला-गलाले गाउन मिल्ने गरी तत्कालीन नेपाली समाजलाई भाषिक एकीकरण गरी सरल नेपाली भाषामा रैतिदुनियाँले सहज रूपमा बुझ्ने गरी भानुभक्त ऐतिहासिक रूपमा अनुवाद गर्ने जन्मदाता हुन् भनेर ठोकुवा गर्न सकिन्छ ।
हातहतियारले सुसज्जित छद्मभेषी कूटनीतिक अंग्रेजहरूले सोझा-सिधा नेपाली वीर-वीराङ्गनाहरूले आफूले जितेर चर्चेको ठूलो भूभाग पुनः सुगौली सन्धिमार्फत हडपेपछि, करिब ४०/५० वर्षको अवधि नेपालीहरूले भजनकीर्तनमा कुण्ठित भएर बाँच्न बाध्य हुनुपर्यो । दैनिक घाँस काटेर बेचेको नगण्य ज्यालामजदुरीले निर्वाहमुखी जीवनयापन गर्ने घाँसीले, उठेको केही रकम लोकहितको कार्य गर्ने सिलसिलामा, सर्वसाधारण गोठाला, खेताला, बटुवा आदिका लागि कुवा खनाउनु थियो । उनले मनमा लागेको गाँठी कुरा, तुष नराखी भानुलाई व्यक्त गरे । निम्नस्तरको जीवन गुजारा गर्ने, कलुषित भावनामुक्त घाँसीको, कुवा खनाउने सद्बुद्धिले भानुभक्त दुरद्रष्टा हुन पुगे । भानुभक्तलाई आदिकवि पदविको जनमनबाट जुटाउने श्रेय मोतीराम भट्टभन्दा अगाडि घाँसीमै जान्छ । भानुभक्तले घाँसीबाट कविता लेख्ने प्रेरणाको स्रोत तपसिलका कविताहरूबाट स्पष्ट हुन्छ ।
भर्जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन् र चीजहरू छन् घरभित्र नै छन् ।
यो घाँसिले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायणशाहलाई घरधुरीपिच्छे न्यून रकम उठाएर हतियार खरिद गर्न बिसे नगर्चीले सुझाब दिएका थिए । मौलिक, रैथाने निःस्वार्थ, निश्कलंक, शाश्वत सोचको प्रादुर्भाव-अपठित, व्यावहारिक विचारमा सन्निहित हुन्छ । तर, पढेलेखेका, सुकिला- मुकिलासँग मात्र राष्ट्रभावको सद्विचार निहित हुन्छ भन्नु सर्वथा गलत छ । बरू, सभ्रान्त शिक्षितजन कृत्रिम रूपका पृष्टपोषक हुन सक्छन् । असल र गतिलो सोचका धनी निर्धन, असहाय पनि हुन सक्छन् । भानुले प्राप्त गरेको अचुक मन्त्र एवं अर्ति उपदेशी ज्ञानगुण रूपी खुराक, देश र जनताको लागि कसैले पनि नझुक्ने गढुवा धनको रूपमा ज्वलन्त सावित भयो । भानुले यसलाई कृष्ण र सुदामा झैँ गहन रूपमा लिए-
यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्तु नराखी कीर्ति ।
भानुभक्तले लोकहितप्रति गुन लगाई छाड्ने सपथ खाए । गाउँघरमा कसैलाई सघाइदिएर, अर्मपर्म, अैंचोपैंचो गरेर केही पैसा जीवन गुजाराका लागि व्यवहार गर्ने चलन, गाउँ-बस्तीमा अझै विद्यमान छ । मोतीराम भट्टले काठमाडौंलगायत शहर बजारमा घाँस-दाउरा, बेच्ने, मेलापर्ममा श्रम बेचेर केही पैसा आर्जन गरी गुजारा चलाउने गरेका कामदार, उनको सामु झल्झली देखेका थिए । तर, उनका समकालीन तथा पछिका आलोचकहरूले तनहुँ जिल्ला जस्तो टाढाको पहाडी भेगमा, घाँस बेचेर पैसा कमाएर उठेको सुका-आनाले कुवा खनाउने कुरा कपोलकल्पित भनी घोर विरोध र आलोचनाको विषयवस्तु बनाए ।
भानुभक्तका पहिलो गुरु घाँसीको लोकहितको कुरा उनलाई सदासर्वदा मानषपटलमा पुनःताजगी भइरहृयो । ब्रहृमाजीसँग नारदजीले लोकहित कार्य के गर्दा हुन्छ भनी सोद्धा, रामगाथालाई संस्कृतमा अनुवाद गर्न सकेमा नै लोकहित हुने उपाय प्रष्ट्याएका थिए । फलस्वरूप, त्यो सन्दर्भलाई मध्यनजर गर्दै अध्यात्म रामायण अर्थात रामगाथाको आद्योपान्त अनुवाद बाल्मीकिले गरे । लोकको हित नै लोकतन्त्र पद्धतिको मूल्यमान्यता भएकाले भानुभक्तले पनि उक्त रामायण गाथालाई संस्कृतबाट नेपालीमा अनुवादमार्फत सुललित पारामा नेपाली श्लोकहरूमा रूपान्तरण गरी तत्कालीन अवस्थामा ‘जन भलो’ कार्यको रूपमा मौलिक रचना बाहिर आयो ।
संस्कृतबाट हिन्दी भाषा हुँदै, लययुक्त, कला-गलाले गाउन मिल्ने गरी तत्कालीन नेपाली समाजलाई भाषिक एकीकरण गरी सरल नेपाली भाषामा रैतिदुनियाँले सहज रूपमा बुझ्ने गरी भानुभक्त ऐतिहासिक रूपमा अनुवाद गर्ने जन्मदाता हुन् भनेर ठोकुवा गर्न सकिन्छ । तिनै रामायाणका श्लोकहरू बटुवा, भरिया आदिले तथा विवाह, व्रतबन्ध आदिमा मुखाग्र कण्ठस्थ श्लोक वाचन गर्ने चलन स्वःस्र्फूत चल्यो । स्वदेश/विदेशमा बस्ने, अध्ययन एवं नोकरी गर्ने नेपालीहरूलाई, केवल साक्षर नेपाली दाजुभाइहरू बीच एउटा मध्यमार्गीको रूपमा खडा भई एउटा ठूलो कोसेढुंगाको रूपमा जनजिब्रोमा झुण्डिन पुग्यो । रामायण शुभारम्भको पहिलो श्लोक नै प्रमाणीकरणका लागि यहाँ प्रस्तुत गरिन्छ -
‘एकदिन नारद सत्यलोक पुगिगया, लोकको गरूँ हित भनी’
बेलायतको औद्योगिक क्रान्ति तथा फ्रान्सको राज्य क्रान्ति (इ.सं. १७७९-१८२६) ले समाज यन्त्रीकरणमा जाने प्रक्रिया प्रारम्भ गरेको भए तापनि, व्यापक तालिएको थिएन । अझ विश्व समाज बामे सर्दै गरेको बेला, एशियाली समाज मध्यकालीन युगमा सीमित र लैंगिक विभेदले पराकाष्ठा नाघेको अवस्थामा थियो । त्यस्तो निष्पट्ट अन्धकार युगमा, संस्कृत विषयमा पारंगत भई कठिन हुनेहरूका लागि गेयात्मक र लयात्मक शैलीमा सुललित पारामा रामायणको अनुवाद गरेर उनले ठूलो गुन लगाए । यो त पहिल्यै कोही कसैले गर्न नसकेको घोर चिर निद्रामा डुबेको नपाली समाजलाई जागरुक र सचेत बनाउने सराहनीय प्रगतिशील कार्य थियो ।
भानुभक्तको विशेषता हो आसुकवित्व । कर्मचारीले तत्कालीन अवस्थामा, ‘रैति’लाई दिने यातना, दुःख, कष्ट, जालझेल, दुव्र्यवहार, ढिलासुस्ती, सामाजिक सोच र असमानताप्रति रैथाने झर्रा शब्दहरूमार्फत ठाउँको ठाउँ खुत्रुक्कै पार्न सक्ने क्षमता प्रस्तुत भएका ज्वलन्त उदाहरण छन् ।
त्यतिबेला उनले नेपाली भाषाको जग नबसालिदिएको भए उनीपछिका मोतीराम भट्ट र त्रिमूर्ति-लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण सम आदिले उनको पदचाप पछ्याउन सकस हुन्थ्यो होला । त्यसैले भानुभक्तले गरेको भाषिक योगदानले नै मुलुकभित्र र बाहिर रहेका नेपाली भाषीबीच अन्योन्याश्रित सम्बन्ध कायम गरेको छ ।
भानुभक्तको अर्को विशेषता हो आसुकवित्व । कर्मचारीले तत्कालीन अवस्थामा, ‘रैति’ लाई दिने यातना, दुःख, कष्ट, जालझेल, दुव्र्यवहार, ढिलासुस्ती, सामाजिक सोच र असमानताप्रति रैथाने झर्रा शब्दहरूमार्फत ठाउँको ठाउँ खुत्रुक्कै पार्न सक्ने क्षमता प्रस्तुत भएका ज्वलन्त उदाहरण छन् । जुन, दुई शताब्दीपछि पनि ती कुप्रथा, परम्परा, कुसंस्कार, जर्जर भई ज्यूँका त्यूँ छन् । देशकाल, परिस्थिति, अन्याय, बेथिति, सहन नसकी, खरो रूपमा उत्तर शास्त्रीय छन्दमा उनले छताछुल्ल पारेका छन् । ‘समकालीन कविहरूभन्दा उनको यो पृथक विशेषता हो ।
नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा मानिन्छ । पहिलो पटक उनलाई आदिकविको उपाधि प्रदान गर्ने पहिलो व्यक्ति हुन् मोतिराम भट्ट । हुँदा खाने भएर पनि घाँसीमा प्रतिबिम्बित सरल, उदार मन र स्पष्ट वक्ता, सम्पूर्णमा लोकलयबद्ध भएका रामायणका लोकप्रिय सुमधुर श्लोकहरू पाइन्छन् । देश छ र त हामी छौं, नेपाली भाषा छ र त प्रत्येकको तन-मनमा अजर-अमर भानु छन् ।
उनले विभिन्न समयमा रचना गरी प्रकाशित गरेका कविता कृति यसप्रकार छन् : रामायण (१९१०), भक्तमाला (१९१०), प्रश्नोत्तर माला (१९१०), बधुशिक्षा (१९१९), रामगीता (१९२५) आदि । गर्नेभन्दा गराउने ठूलो भनेझैँ, उनका पाण्डुलिपिलाई संग्रह गरी मोतीरामले पुस्तकालयमा सजाए । मोतीराम भट्टले प्रकाशित गरेपश्चात्, भानु नेपाली साहित्यमा परिचित भए । उनले भाषा, साहित्य, धर्म–संस्कृति, चरित्र, पितृभक्ति, मातृभक्ति पराम्परा, मर्यादा, देशभक्ति, कर्तव्य, राजमहलबाट आदर्श पुरुषले वनवास प्रस्थान गर्दाको लोकहित आदिको सांगोपांगो लगाएर नै उनी आदिकविमात्र नभएर राष्ट्रिय विभूतिजस्तो सम्मानबाट विभूषित भएका हुन् ।
फुटकर रचनाको रूपमा पासाको गाउँ र पासा खोलेको प्रसंगले उनी आयुर्वेद उपचार विधि र औषधि निर्माण प्रक्रियामा कुशल वैद्य भनेर मान्न सकिन्छ । कारागारको सजाय भुक्तान गर्नुपर्ने क्रममा अविश्रान्त काव्य साधना गरी २५ हजार श्लोक मध्येबाट जम्मा १२०० श्लोकमा उतारेर चारवटै रामायणको कथा उतार्नु उनको ठूलो वैशिष्ठ हो ।
नेपाली भाषाको अनन्य प्रवद्र्धन र श्रीवृद्धिका लागि भानुभक्तले गरेको सत्प्रयास र लगानीको सार्थक रूप महसुस हुन्छ । गाउँ-बेँसी, शहर र विश्वको यत्रतत्र रामायणका लोकप्रिय श्लोकहरू गुञ्जिनुका साथै मुखाग्र भएको पाइन्छ । प्रत्येक नेपाली भाषीहरूका लागि उनका कसवता प्रश्नोत्तरात्मक शैलीमा रचना गरिएका छन् । यसमा, उद्यमी बन्ने केही जीवनोपयोगी मार्मिक सन्देश पनि छरिएको छ । जस्तै :-
जिउँदै मर्याको भनि नाम छ कस्को ?
उद्यमविना बित्तछ काल जस्को ।
अन्त्यमा, भानुभक्तको भाषिक गरिमाको महान् कार्यलाई मूल्यांकन गर्दै उनको सालिक नेपालबाहेक भारतको कालिम्पोङ, दार्जिलिङ तथा वर्मामा समेत स्थापना गरिएको पाइन्छ । (साहित्यकार भुजेल, चाँगुनारायण साहित्यिक समाज, भक्तपुरको अध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच