‘दोहोरी आइकन’को आयोजना हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एजे इन्टरटेनमेन्टको आयोजनामा ‘दोहोरी आइकन’ हुनुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइएको होे । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले शो गर्न लागिएको आयोजकको भनाइ छ ।

यो शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा रहनुहुनेछ । होस्टको रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहने जनाइएको छ ।

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्कालगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?