साहित्यकार पेशल आचार्यको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार पेशल आचार्यको निधन भएको छ । उहाँको उपचारका क्रमममा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो । सुरुमा न्यूरो अस्पतालमा उपचारत उहाँको पछि मेडिसिटीमा उपचार गरिएको थियो । उहाँ लामो समयदेखि प्राध्यापन पेशा र साहित्य लेखनमा सक्रिय हुनुहुन्थ्यो । लेखक प्राध्यापक आचार्यको ब्रेन ट्युमरका साथै क्यानसर रोगबाट पीडित हुनुहुन्थ्यो ।

मन्थली माविका सहायक प्रधानाध्यापकसमेत रहनुभएका आचार्यले पछिल्लो समय देशको राजनीतिक तथा समसामयिक र साहित्यको विषयमा समेत चोटिलो खोजमूलक लेखहरू लेख्दै आउनुभएको थियो । आचार्यको उपचारका लागि केही समयअघिदेखि आर्थिक सहयोग अभियानसमेत जुटाउँदै आइएको थियो ।

२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता संग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा कृति प्रकाशित छन् । उहाँका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दशकअघिदेखि पाठयक्रममा पढाइ हुँदै आएका छन् ।

नेपाली भाषाशिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्षसमेत रहनु भएका आचार्यले परिवेश पुरस्कार-२०५१, उत्कृष्ठ कवि, बीबीसी, लण्डन-२०५४, कविता महोत्सव पुरस्कार, धरान-२०५५ र राष्ट्रिय शिक्षा पदक-२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?