सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?