राजनीतिक क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि स्खलित हुँदैछ : प्रा. दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौ । अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरीको पशुपति शाखाले समसामयिक नेपाली राजनीति र स्वतन्त्रता, मानव अधिकार , समाजसेवा जस्ता विषयमा वहस आरम्भ गरेको छ । प्रत्येक हप्ता आयोजना हुने यसतो सकारात्मक वहसकाक्रममा आयोजित कार्यक्रममा वोल्दै वरिष्ठ पत्रकार हिमालय टाइम्स् राष्ट्रिय दैनिकका सम्पादक प्रा. पुरुषोत्तम दाहालले हालका दिनहरूमा पत्रकारिता क्षेत्र पनि अन्य क्षेत्र जस्तै स्खलित भइरहेको विचार प्रकट गर्नुभएको छ ।

रोटरी क्लव अफ पशुपतिको आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा दाहालले समसामयिक राजनीति, राजनीतिक परिवर्तन र यसले विकास गरेका अनेक विकति विरुद्ध प्रवृत्तिगत परिवर्तन अनिवार्य भएको हुनाले प्रत्येक मानिसले आफ्नो स्वभाव, आचरण, व्यवहार र सम्पर्कहरुको शैलीलाई असल बनाउनु आवस्यक रहेको स्पष्ट गर्नुभएको थियो ।

रोटरी क्लब अफ पशुपति काठमाडौंका अध्यक्ष सूर्यबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि दाहाललाई पहिलो ड्राइभिङ पुस्तकका लेखक हरिभक्त बुढाथोकीले रुद्राक्षको माला लगााइदिएर स्वागत गर्नुभएको थियो ।

दाहालले आफ्ना पत्रकारिता, मानवअधिकार, लेखन, प्राध्यापनलगायतका क्षेत्रमा काम गर्दाका विभिन्न अनुभव र दृष्टान्तहरू समेत सुनाउनुभएको थियो । पत्रकारिता गर्दाका अप्ठ्यारा परिस्थिति र प्रहरीको निगरानीका बीच पनि मानव अधिकार अभियानमा संलग्न भएको अनुभव उहाँले सुनाउनुभएको थियो । वर्तमान अवस्थामा ती कुराहरू असान्दर्भिक बन्दै गएकोमा उहाँले दुःख प्रकट गर्नुभयो । अहिले केही परिवर्तन भने भएको छ तर ती सबै परिवर्तनहरू स्वाभाविक छैनन् भन्दै उहाँले केही दृष्टान्तहरू दिनुभयो ।

'मानिसको आचरण राम्रो हुनुपर्छ, स्वभाव राम्रो हुनुपर्छ र आवश्यकताका आधारमा मानिसले आफुलाई सुधार्नुपर्छ'- उहाँले भन्नुभयो । उहाँले आफ्नो विचार व्यक्त गरिसकेपछि फ्लोरबाट उहाँलाई केही प्रश्नहरू सोधिएको थियो ।

होटल एयरपोर्टमा सञ्चालित उक्त कार्यक्रममा रोटरी क्लब अफ पशुपतिका वर्तमान सचिव दीपेन्द्र वाँस्कोटाले रोटरीका कामबारे जानकारी दिनुभएको थियो भने पूर्वअध्यक्ष हर्क साउदले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा रोटरीका सदस्य तथा अन्य विभिन्न क्षेत्रका समाजसेवीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?