सुवास सिंगापुर एमेच्योर ओपनको नवौँ स्थानमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सिंगापुर ओपन एमेच्योर च्याम्पियनसिपमा संयुक्तरूपमा नवौँ स्थान प्राप्त गर्नुभएको छ । पार-७३ को अर्किड कन्ट्री क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन २-अण्डर ७१ को कार्ड बनाउँदा समग्रमा ८-अण्डर २ सय ८४ सहित सुवासले अष्ट्रेलियाका अबेल एडवार्डसँग नवौँ स्थान बाँड्नुभएको छ ।

सुवासले फ्रन्ट नाइन २-अण्डर ३४ र ब्याक नाइन इभन-पार ३७ मा पूरा गर्नुभयो । यो क्रममा उहाँले कुल छ बर्डी प्रहार गर्नुभयो । तेस्रो, चौथो, सातौँ, नवौँ, १५औँ र १८ औँ होलमा एक-एक सट बचाउनुभयो । सुवासले छैटौँ, आठौँ, ११औँ र १४औँ होलमा एक-एक सट खेर फाल्नुभयो । अर्का नेपाली गल्फर सद्भाव आचार्य कट बनाउन असफल हुनुभयो ।

प्रतियोगितामा अष्ट्रेलियाका लिंकन मोर्गान १८-अण्डर २७४ स्कोरसहित उपाधि जित्न सफल रहनुभयो । फिलिपिन्सका एड्रिक चान (६७) र कार्ल जानो कर्पस (६९) तथा अष्ट्रेलियाका मार्कस लिम (७०) समग्रमा १७-अण्डर २७५ सहित संयुक्तरूपमा दोस्रो हुनुभयो ।

चारदिने प्रतियोगितामा २२ राष्ट्रका ८६ गल्फरको सहभागिता रहेको थियो । सुवास र सद्भाव सिंगापुरबाट एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि भारतको बैंग्लोरस्थित तरूण सरदेशाई गल्फ एकेडेमी फर्किनुभयो । मुख्य प्रशिक्षक तरुण सरदेसाईको नेतृत्वमा नेपाली राष्ट्रिय पुरुष तथा महिला गल्फ टोली आसन्न एसियाडका लागि तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?