यस्तो छ- आज विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ। हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसामा कारोबार गर्ने अनुमति पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७।११ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।५१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ २१ पैसा र बिक्रीदर १० रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.६ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२६ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.७ पैसा विक्रीदर ४२९.२ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?