एसी मिलानमाथि बार्सिलोनाको जित

Read Time = 2 mins

बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एसी मिलानलाई एक-शून्य गोलअन्तरले पराजित गरेको छ । विंगर अन्सु फातीले दोस्रो हाफको ५५औँ मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गर्नुभयो ।

प्रि-सिजनमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो । उसले यसअघि बार्सिलोनाले रियल म्याड्रिडलाई तीन-शून्यले पराजित गरेको थियो । त्यसअघि आर्सनलसँग पाँच-तीनको हार बेहोरेको बार्सिलोनाले भिसेल कोबेलाई दुई-शून्यले हराएको थियो । बार्सिलोनाले अब अगस्ट ८ मा जोआन गाम्पर ट्रफीका लागि टोटेनहमसँग खेल्नेछ । त्यसपछि लिगको पहिलो खेल अगष्ट १४ मा गेटाफेसँग हुनेछ ।

एसी मिलानले यसअघि युभेन्ट्ससँग टाइब्रेकरमा हारेको थियो । रियल म्याड्रिडसँग तीन-दुईको हार बेहोरेको मिलानले अब अगष्ट ९ मा ट्रेन्टो र अगष्ट १३ मा नोभारासँग खेल्नेछ । लिगको पहिलो खेल अगष्ट २२ मा बोलोग्नासँग रहेको छ ।

यस्तै, इन्टर मिलानले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले क्लब छाडेपछि पिएसजीले बेहोरेको यो तेस्रो हार हो । साउदी क्लब अल नासरसँग गोलरहित बराबरी खेल्दै प्रि–सिजन सुरु गरेको पिएसजीले जापानी क्लब सेरेजो ओसाकासँग पनि हार बेहोरेको थियो ।

पिएसजीले अब एसियाली टुरको अन्तिम खेलमा अगष्ट ३ तारिखमा जिओनबुकसँग खेल्नेछ । त्यसपछि क्लबले अगष्ट १३ मा फ्रान्सेली लिगको पहिलो खेलमा लोरिएन्टको सामना गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?