झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप, स्थिति तनावपूर्ण

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ ।
झडप के कारणले भएको भन्ने यकिन भएको छैन ।

कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी सुरक्षाकर्मी पनि भित्र पस्न नसकेको अवस्था छ । कैदीबन्दीले प्रहरी र सुरक्षाकर्मी विरुद्ध नारावाजी गरिरहेका छन् ।

झडपका क्रममा पुरुष कारागार भित्र गलागी भइरहेको छ भने भित्रबाट ढुंगा प्रहार समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीका कारण धुँवाको मुस्लो देखिएको छ ।

आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ । कारागारको चारैतिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?