अरब कपबाट बाहिरियो अल इतिहाद

Read Time = 1 min

साउदी । साउदी क्लब अल इतिहाद अरब क्लब कप २०२३ को क्वाटरफाइनलमा अल हिलालसँग पराजित हुँदै बाहिरिएको छ । शनिबार राती भएको खेलमा अल हिलालले तीन-एकको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अल हिलालले खेलको १४औँ मिनेटमा सर्गे मिलिन्कोभिच साभिचको गोलबाट अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा साउदी फरवार्ड सालेम अल दावसारीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

५६औँ मिनेटमा अल इतिहादले गोल गर्दै खेलमा फर्कने संकेत दियो । तर, ७०औँ मिनेटमा अल हिलालले पुनः दुई गोलको अग्रता लियो । ७९औँ मिनेटमा करीम बेन्जेमाले पेनाल्टीमार्फत् गोल गर्न नसक्दा अल इतिहादले हार बेहो¥यो । शनिबार नै भएको अर्को क्वाटरफाइनलमा कतारको अल साद इराकको अल शोर्तासँग पराजित भयो । अल सादका अक्रम अफिफले दुई गोल गरे पनि टोली चार-दुईले पराजित भएको हो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?