राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली सङ्घबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली सङ्घले नेपालको विकास साझेदारका रूपमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?