अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक र टिप्पर गन्तव्यतिर जान लागेका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-४ बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जमिन मुनी पानी भएकाले सडकमा समेत हिलो भएको प्रहरीले जनाएको छ । हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन ।

शनिवार वर्षा भए यातायात फेरी पुर्ण बन्द हुने प्रहरीको भनाई छ । वर्षा नभए मात्र यातायात सञ्चालन गर्न सकिने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले बताएको छ । गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो ।

राजमार्गको भ्यागुते पानी, बुढी तोलालगायतका क्षेत्रमा पहिरो गएको हो । पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ । सडक अवरुद्ध भएपछि चालकसँगै यात्रुले समेत अनावश्यक दुःख पाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?