व्यवसायी जनश्रमदानमा, हातमा कोदालो र हसियाँ

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । व्यापार व्यवसाय संचालन गरेर बसेका भोजपुर ब्यवसायीहरुको हातमा अचेल प्रत्येक शुक्रवार कोदालो र हसियाँ हुने गरेको छ ।  व्यापारिक बिश्राम भन्दै प्रत्येक हप्ताको शुक्रवार बजार क्षेत्रमा पसल तथा ब्यवसाय बन्द हुने भएकाले ब्यवसायीहरु समेत जन श्रमदानमा जुटने गरेका छन ।

पसलमा ग्राहक पर्खेर बस्ने ब्यवसायीहरु अहिले बजार क्षेत्र, मठमन्दिर, सडक सरसफाई देखि लिएर बृक्षारोपण फुल रोप्ने कार्यमा जुटेका छन् । बन्दको समयमा त्यतिकै बस्नु भन्दा पनि जनश्रमदानका कार्यमा प्रत्येक हप्ता तालिका बनाएर नै कार्य सुरु गरेको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो ।

धार्मिक संरक्षण सम्पदा समिति र उद्योग बाणिज्य संघ भोजपुरको समन्वयमा मन्दिर आसपास र बाटो सरसफाई कार्य साप्ताहिकरुपमा नियमित हुदै आई रहेको अध्यक्ष मोक्तानको भनाई रहेको छ ।

जनसहभागितामा स्थानीय ब्यवसायीका साथै धार्मिक सम्पदा संरक्षण समितिका पदाधिकारी, युवा र स्थानीयको पनि सहभागितामा छ । सधै ब्यापार ब्यवसायमा मात्र लाग्नु भन्दा पनि एक दिनको बन्दको सदुपयोगले सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको ब्यवसायी नवराज श्रेष्ठले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?