मिरुना र करण फिचर्ड ‘पिरतीको मुस्कान’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लीला र अञ्जु सेलिङले निर्माण गर्नुभएको हो जसमा करणको स्वर छ । गीतको भिडियो करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रमा विभिन्न व्यक्तित्वले आ-आफ्ना भनाइ राख्नुभएको थियो । आधा दर्जन गीत रेकर्ड गरिसक्नुभएकी लीलाले केही पुस्तकहरू पनि पाठकमाझ ल्याउनुभएको छ । शानद्वारा निर्देशित गीतको भिडियो फिल्मी शैलीमा निर्माण भएको छ । अर्जुन तिवारीको छायांकन रहको भिडियोमा रोशन विश्वकर्माले कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, कलर र प्रिया कार्कीको मेकअप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?