सेयर बजार घट्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २२ अंकले घटेको नेप्से सोमबार १२.९३ अंकले घटेर १९९८.२८ अंकमा झरेको छ । त्यसैगरी सेन्सेटिभ इण्डेक्स पनि १.५० अंक घटेको छ । दुई सय ७२ कम्पनीका ४१ लाख ६३ हजार सात सय ७२ कित्ता सेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस दिन १३ वटै समूहका परिसूचक घटेका छन् जसमध्ये जलविद्युत् समूहको सर्वाधिक १.४० प्रतिशत घटेको छ भने फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार समूहको एक प्रतिशतभन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स आठ करोड दुई लाखसहित शीर्ष स्थानमा रहेको छ भने आइएमई लाइफ इन्स्योरेन्सको पाँच करोड ८३ लाख, सोल्टी होटलको पाँच करोड ७८ लाख, घोराही सिमेन्ट्सको पाँच करोड छ लाख र हिमालयन डिष्टिलरीको चार करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावरको सेयर मूल्य ५.१८, सुपर मादी ३.८२ र सयपत्री हाइड्रोपावरको २.९० प्रतिशतले बढेको छ । तर, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ७.९९, हिमालयन पावर पार्टनरको ५.७७, कृषि विकास डिबेञ्चर २०८३ को ५.५९, भूगोल इनर्जी डेभलपमेन्टको ५.१६ र बलेफी हाइड्रोपावरको ५.०४ प्रतिशतले घटेको छ । समग्र बजार पुँजीकरण पनि २९ खर्ब ९० अर्ब ८५ करोड १८ लाखमा झरेको छ । आइतबार ३० खर्ब १० अर्ब २१ करोड थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?