एन्फाले आयोजना गर्ने प्रतियोगिता नखेल्ने क्लबको धम्की

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आयोजना हुने प्रतियोगिताहरू नखेल्ने धम्की दिएका छन् । लिग तयारीको बाँकी रकम भुक्तानी नगरेको भन्दै क्लबहरूले एन्फालाई पत्रसहित धम्की दिएका हुन् ।
ए, बी र सी डिभिजनका ४२ मध्ये ३२ क्लबले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो धम्की दिएका हुन् ।

एन्फाका पूर्वउपाध्यक्षसमेत रहनुभएका मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, एन्फाका पूर्वमहासचिव रहनुभएका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सोही पत्र एन्फाका पूर्वअध्यक्षसमेत रहनुभएका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पासहितको टोलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङलाई बुझाएको थियो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गर्दछौँ । यस विषयमा एन्फा गम्भीर भई क्लबहरूसमक्ष प्रतिबद्धता नजनाइएमा एन्फाबाट सञ्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने समेत जानकारी गराउँदै यो ज्ञापनपत्र बुझाएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?