हरिहर देव पन्त पुरस्कार बञ्जाडेलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउण्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको आठौँ वार्षिक पुण्यस्मृति दिवस पारेर भदौ २१ गते प्रदान गरिने भएको हो ।

जीवनको अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउण्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन)का गोकर्ण अवस्थी, विष्णु बेलवासे, एलिजा उप्रेती, ममता थापा तथा विजयराज खनाललाई प्रदान गरिएको थियो । बञ्जाडेलाई २०८० को डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिने सेजनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?