सानिमा र दराजबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजनाअन्तर्गत विशेष छुट दिने भएको छ । ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् सात सय ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरिसक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रक्रियाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?