यस्तो छ तपाईंको भदौ ८ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ ८ गते शुक्रबार, ई.सं. २५ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष नवमी , नक्षत्र- ज्येष्ठा, योग- वैधृति, करण- वालव, चन्द्रराशि- वृश्चिक, सूर्योदय ५ः३९ सूर्यास्तः १८ः३१ ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

मीन : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?