धरानले सुखद् सन्देश दिएको छैन

हिमालय टाइम्स
Read Time = 9 mins

यतिखेर सुनसरीको सुन्दर नगरी धरानबाट सुखद् संकेत संप्रेषित छैन । शिक्षित, सभ्य, शालीन संस्कृति र समुदाय बसोवास गर्ने यो क्षेत्रमा सामुदायिक र धार्मिक सहिष्णुतालाई विस्तारो चुनौती दिन सुरु भएको छ । यसखालको चुनौतीको अभ्यासको जरो पत्ता लाग्न सकेन भने नेपाली जनता र नेपालको भविष्यले निकै दुःख पाउने संभावना छ । देशमा लामै समयदेखि शान्तिपूर्ण अवस्था कायम थियो तर हालका दिनमा केही अराजक भड्काउका कारण स्थिति बिग्रन जाने सम्भावना बढेको छ । सुनसरीको धरान अराजक भड्काउकै कारण चर्चित भएको छ ।

एक दशकभन्दा लामो समय माओवादी विद्रोहको सामना गरेर धनजनको ठूलो क्षतिपछि शान्ति प्रक्रियाका माध्यमबाट विद्रोही पक्ष पनि शान्तिको बाटोमा आएका थिए । त्यसपछि देशले केही फड्को मा¥यो । संविधानसभाको निर्वाचन दुई पटक भयो । पहिलो पटक संविधानसभाले संविधान बनाउन सकेन तर देश गणतान्त्रिक बन्यो । राजतन्त्र विस्थापित बन्यो । पूर्वराजा भने देश कतै छोडेर गएनन् यहीँ बसे । यस्तो राजनीतिक फड्को मार्दै अगाडि बढेको नेपाली राजनीतिमा दोस्रो पटकको संविधानसभाले नेपालको संविधान बनायो ।

यसमा भएका केही प्रावधान नभएका भए पनि हुनेथियो र केही अरू आवश्यक व्यवस्था गरिनुपथ्र्यो अपुग भयो भन्ने दृष्टिकोणले केही सहमति र असहमतिहरू जाहेर गरियो । तर संविधान आउनुलाई मात्र पनि एउटा ठूलो उपलब्धिका रूपमा लिइएको छ । यही संविधानले गरेको व्यवस्था बमोजिम दुई पटक स्थानीय निकाय प्रदेश र संघको निर्वाचन भइसकेको छ । यही संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । संघ र प्रदेशको व्यवस्था पनि गरेको छ तथापि यसमा विभिन्न मतभेद र दृष्टिकोण रहेका छन् । नेपाल जातीय, सामाजिक तथा सांस्कृतिक सद्भाव भएको मुलुक हो । यहाँ विभिन्न जातजाति र भाषाभाषी छन् र तिनका अनेकौं रीति संस्कृति छन् । तिनमा एकअर्काले बाधा व्यवधान पु¥याउने गरेका छैनन् बरू आपूmसमेत संलग्न हुने गरेका छन् ।

कहिलेकाहीँ अतिवादी राजनीतिक भड्काउका कारण कतै-कतै कुनै समस्या भने सिर्जना भएका छन् । एक-दुई पटक तराई मधेसका जिल्लामा धार्मिक आस्थाका आधारमा झडप भएको इतिहास छ । एउटा धर्मको भावनामाथि अर्को धर्मावलम्बीहरूले चोट पु¥याएको भनेर यस्तो झडप भएको थियो । यसबाहेक कहीँ कतै राजनीतिक रूपमा वादविवाद सिर्जना भएको र त्यो झडपमा परिणत भएको भए तापनि धार्मिक, सांस्कृतिक तथा सामाजिक आस्थाका आधारमा कतै पनि यस्तो भएको छैन । सामाजिक सद्भाव कायम गरेर नेपाली समाज बसेको छ तर हालका दिनहरूमा केही धार्मिक, जातीय तथा समाजमा अनास्था र अराजकता पैदा गरी आफू केही लाभ लिन चाहनेहरूबाट सद्भाव कायम गरेर बसेका नेपालीहरूबीच भड्काउ पैदा गर्न चाहिरहेको अवस्था सिर्जना भएको छ ।

राष्ट्रिय जनगणनाको परिणाम नै फरक आओस् भनेर जाति, भाषा, धर्म आदि फरक बताउन दबाब दिनेहरू नै यसरी अराजक वातावरण सिर्जना गर्न चाहिरहेका छन् । यसका लागि केही आन्तरिक शक्तिहरूको पर्दापछाडिको उक्सावट हुन सक्ला र त्यसरी नै बाहृय शक्तिहरू जसले एक दशकसम्म नेपालमा अराजकता मच्चाउन उक्साएर नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक अवस्थालाई बिथोलेर हजारौं मानिसको बलिदान गराए तिनै शक्तिहरू अहिले पनि नेपालमा अराजकता पैदा गराएर आपूm रमिते बन्ने र मौकाको लाभ लिने दाउमा नहोलान् भन्ने छैन । यसका लागि संयम त नेपालीहरू नै हुनुपर्छ । एक पटक हालको बागमती प्रदेश तत्कालीन तीन नम्बर प्रदेशको उपसभामुखले नेपालमा गाई काटेर खान पाउनुपर्छ भनेर व्यक्त विषय अहिलेकै जसरी चर्चामा आएको थियो । ०५१ मा पनि एकजना मन्त्री विवादमा परेका थिए ।

ओहोदामा रहेको व्यक्तिले समेत स्थितिलाई अझै अराजक बनाउने काम केही राजनीतिक रूपमा नै नभएका होइनन् । त्यसबेला गाई भनेको दूध र मासु खानकै लागि पालिने जनावर हो, साथमा हामी छौं भनेर केही माओवादी नेताहरूले नै उक्साएका थिए । तर जसले यस्तो आवाज निकाले उहाँले नै मैले त्यसो भनेको छैन मलाई बद्नाम बनाउने प्रयास भएको हो भन्नुभएपछि त्यो स्थिति सामसुम भयो । त्यसैले मानिसको मुण्ड-मुण्ड बुद्धि भन्ने सिद्धान्तका आधारमा हेर्दा सबैको विचार, भावना र बुद्धि एक हुने हो भने अराजकता पैदा हुने कुरै थिएन । राष्ट्र निर्माणका नायक पृथ्वीनारायणको फोटोलाई थुक्नेदेखि धरानमा गोरु काटेर खाएको अभियोगमा कसैलाई सरकारले पक्राउ गर्‍यो भने हामी ७७ वटै जिल्लामा गोरु काटेर खान्छौं भन्नेजस्ता अराजकतावादीलाई समेत सम्यमित गराएर समाजमा शान्ति कायम गराउनुपर्ने अवस्था छ ।

गाई जनावरमात्रै होइन घोषित रूपमा राष्ट्रिय जनावर पनि हो । ओमकार परिवारले गाईलाई पूजा गरिरहेको परम्परा छ । त्यो परम्परामाथि आक्रमण गर्दै उत्तेजना फैलाउने हरेक काम अराजक नै हुन्छ । सांस्कृतिक अतिक्रमणको राजमार्ग खन्न चाहनेहरू अहिले उत्तेजना फैलाउन लागि परेका छन् । परिणाम भारतको मणिपुरको वाछिटाले नेपाललाई पनि भिजाउने खतरा बढेको छ । यस अवस्थामा, हामीमै संयमता कायम रहन सकेन भने आगोमा घ्यू थप्ने त कति आउँछन् कति । विचारणीय अर्को तथ्य केहो भने राष्ट्रको कानुनले निषेध गरेको कुरा अपराध हुन्छ । त्यस्तो काम गर्नेलाई कानुन अनुसार कारबाही गर्न सरकारपछि पर्नु हुँदैन । भोलिको राजनीतिक बाटो हेरेर चुप लागेर बस्नु सरकारको उपस्थिति नहुनु बराबर हो । निश्चित समय निषेधाज्ञा लगाएरमात्र समस्याको समाधान हुँदैन । पदीय जिम्मेवारीमा बस्नेहरूले भड्काउको भाषा बोल्नु सर्वदा अनुचित हो । यस्तै कारणले अराजकताको बिउ रोपिन गएको हो । यसको समाधानको उपाय भनेको संयमता र कानुनको उचित प्रयोग नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?